पहिले र अहिले म, केही फरक?

पहिले र अहिले म, केही फरक?

Promish Acharya

11/20/20261 min read

पहिले र अहिले म, केही फरक?

पद्धति शिक्षा पुरान, नभई केही लाभ।

धाए पद्धति नौलो खोज्न, लागे त्यसैमा सब।।

इतिहास बेग्लै, शान बेग्लै, होस् कि पहिचान बेग्लै।

अन्तराष्ट्रिय राष्ट्र हुँदै, २७ ज्यान बेग्लै।।

जापान भारतको माटोको बाटो, नेपालको यात्रा भयो।

इतिहास साक्षी यसको, विद्यार्थीलाई जात्रा भयो।।

कार्यकाज सामूहिक, भयो यसको पूर्ण।

दिशा नव प्रदान शिक्षालाई, जुन भाथियो जिर्ण।।

मेरो होइन हाम्रो समस्या, भयो अन्तर्मन भान।

जीवनपथ डोर्याउने बाटो, गरी सिद्धान्त पान।।

सामान्य होइन सुरुवात यो, फुकी आधुनिकताको बिगुल।

क्रान्ति राष्ट्रिय शिक्षा नीतिमा छ, ल्याउने लक्ष्य मूल।।

भेट नयाँ जीवनसँग, नभएको भेट कहिल्यै।

कस्तो विचलित हुने मन, नहुँदा यो पहिल्लै।।

बोलीमा डर, भएन आफूमै भर,

आउनु थियो जीवनको कर।

करको फल आएछ, बाटो खरको घर,

बन्यो जीवनको लहर।।

कति निर्णयको सम्झना र बिर्सनाको

छैन मलाई सम्झना।

तुलना पहिले र अहिले म,

विपना लाग्छ सपना।।

जीवनात्मा स्वरूप रूप धारण,

देखायो पथ निश्चित।

तातेतातेदेखि दौडिए यै पथमा,

उद्देश्य भयो लक्षित।।

Promish Acharya
Class 10
Shree Siddhartha Vidhya Mandir